इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

 माघ ४, २०७७ आइतबार ७:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ ।

गएराति भएको खेलमा साउथह्याम्पटनलाई २-० गोल अन्तरले हराउँदै लेस्टर सिटीले लिगमा महत्त्वपूर्ण जित निकालेको छ ।  लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एक/एक गोल गरे । खेलको ३७ औँ मिनेटमा लेस्टरका म्याडिसनले पहिलो गोल गरे ।

दोस्रो हाफपछि बार्नेसले लेस्टरका लागि अर्को गाले थपे । जितपछि लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया