पीएम कप : प्रदेश एकले दिएको १०३ रनको लक्ष्य गण्डकीले ८ विकेट गुमाएर भेट्यायो

 माघ ५, २०७७ सोमबार १५:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गण्डकीका विशाल पाैडेल

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नम्बर एकलाई दुई विकेटले हराएको हो । 

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक २४ ओभर चार बलमा एक सय दुई रनमै अलआउट भयो । उसका लागि कप्तान सिद्धान्त लोहनीले २४ र मिनाश थापाले २२ रन बनाए । 

प्रदेश एकलाई कम योगफलमै रोक्न विशाल पौडेल र सुवाश भण्डारीले चार–चार विकेट लिँदा विपिन खत्रीले दुई विकेट लिए । 

एक सय तीन रनको झिनो लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको गण्डकीलाई जित्न हम्मे हम्मे पर्याे । उसले ३७ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्यायो ।  

बलिङतर्फ प्रदेश एकका शुभंकर उराव र मिनाश थापाले दुई–दुई विकेट लिए । गण्डकीका दुई खेलाडी रनआउट भए ।

सोमबारकै अर्काे खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया