पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

 माघ ६, २०७७ मंगलबार ५:४८:३४ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । 

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य अहिलेलाई यथावत् नै राखिएको निगमले जनाएको छ । 

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ४.३४, डिजेलमा प्रतिलिटर २.९६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अर्धवार्षिकरुपमा निगमलाई  ४९.८८ करोड रुपैयाँ घाटा हुने र घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

अहिलेलाईको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५/१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ कायम गरेको थियो । 

इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गएकाे मङ्सिर २८ मा पेट्रोल तथा डिजेल/मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः एक र दुई रुपैयाँले वृद्धि गरी पेट्रोलको प्रतिलिटर १०८ र डिजेल/मट्टितेलको प्रतिलिटर ९१ रुपैयाँ कायम गरेको थियो । 

त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार त्यस मितिमा मूल्यवृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ । अहिलेलाई १६ जनवरी २०२१ मा प्राप्त मूल्यअनुसार १ डिसेम्बर २०२० को तुलनामा मूल्यवृद्धि नगर्दा निगमलाई अर्धवार्षिक ६७.५५ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया