प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

 माघ ६, २०७७ मंगलबार ७:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । 

गएराति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोल अन्तरले पराजित गरेकाे हाे । आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे हुन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलाे गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे  । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ । १९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा छ । 

 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया