अस्ट्रेलियाविरुद्धकाे टेस्ट शृङ्खला भारतलाई

 माघ ६, २०७७ मंगलबार १४:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाविरुद्धकाे टेस्ट शृङ्खला भारतले जितेकाे छ । चाैथाे टेस्ट मङ्गलबार तीन विकेटले जितेसँगै चार खेलको शृङ्खला भारतले २–१ ले जितेको हो ।  

ब्रिस्बेनमा तीन सय २८ रनको लक्ष्य पछ्याएको भारतले पाँचौ दिनको अन्तिम समयमा सात विकेट गुमाएर भेट्यायाे । भारतको जितमा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त नायक बने, उनले अविजित ८९ रन बनाए । यस्तै शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाए । 

अस्ट्रेलियाका प्याट कमिन्सले चार, नाथन लायनले दुई र जोश हजलउडले एक विकेट लिए पनि जितको लागि पर्याप्त भएन । 

अस्ट्रेलियाले ब्रिस्बेन क्रिकेट मैदानमा ३२ वर्षपछि पहिलो पटक टेस्ट शृङ्खला गुमाएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया