टेस्ट शृङ्खला जितेकाे भारतीय टाेलीले भारु ५ कराेड बोनस पाउने, मोदीको बधाई

 माघ ६, २०७७ मंगलबार १४:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाविरुद्धकाे टेस्ट क्रिकेट शृङ्खला जितेको भारतीय क्रिकेट टोलीले भारु पाँच करोड बोनस पाउने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय साहले कठिन परिस्थितिमा भारतीय टिमले ठूलो उपलब्धि हासिल गरेकाले उनीहरूको हौसलाको लागि पाँच करोड रुपैयाँ बोनस दिने निर्णय गरेको बताएका छन् । 

नियमित कप्तान विराट कोहली, अलराउण्डर रविन्द्र जडेजा, बलर मोहम्मद शामी र रविचन्द्रन आश्विनलगायतका मुख्य खेलाडी नहुँदा पनि भारतले शृङ्खला जितेको हो । अस्ट्रेलियाले सन् १९८२ यता ब्रिस्बेन क्रिकेट मैदानमा टेस्ट खेल गुमाएको थिएन तर यस पटक भारतले ३२ वर्षको रेकर्ड तोड्दै तीन विकेटले खेल आफ्नो पक्षमा पारेको छ ।  

भारतीय क्रिकेट टिमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व क्रिकेटर सचिन तेन्दुलकरलगायतले बधाई दिएका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया