खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले हराएको छ । गण्डकी प्रदेशले दिएको दुई सय पाँच रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेट गुमाएर भेट्टायो ।
राष्ट्रिय प्रतियोगितामा कर्णालीकाे यो पहिलो जित हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै विपिन रावलले ४९, राज शाहले ३२ रन बनाए । गण्डकीका विपिन खत्रीले चार विकेट लिए ।
काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ४२ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो । गण्डकीका राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४६ तथा कप्तान विपिन खत्रीले ३२ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । जितसँगै कर्णालीले दुई खेलमा दुई अङ्क जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।