महिला फुटबल लिगमा आर्मी र पुलिसले अङ्क बाँडे

 माघ ७, २०७७ बुधबार १९:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएपछि अङ्क बाँड्न बाध्य भए ।

बिहीवार (भोलि) एपीएफले चन्द्रपुर तथा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकासँग खेल्नेछन् । सात टोलीको सहभागिता रहेको महिला लिगको विजेता टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यस्तै दोस्रो हुनेले आठ खाल, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया