प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

 माघ ८, २०७७ बिहिबार ६:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब खेल्दै छन् ।

खेल बिहान ९ बजे हुने छ । लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुने छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुने छन्  ।

अहिलेसम्म एक खेल खेलेको लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ । यस्तै, मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेश खेल्ने छन् ।

एपीएफ क्लबले पहिलो खेल जितेको छ भने गण्डकीले तीन खेल खेलेकाेमा दुईमा हार र एकमा जित निकालेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया