सावित्राको ह्याट्रिकमा एपीएफको फराकिलाे जित

 माघ ८, २०७७ बिहिबार १४:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सावित्रा भण्डारीको ह्याट्रिकमा एपीएफले महिला राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हरायो ।  

एपीएफको जितमा भण्डारीले तीन गाेल गर्दा अञ्जली योन्जन, अनिता बस्नेत र प्रिती राईले समान एक–एक गोल गरे ।  

खेलकाे १४ औँ मिनेटमा पहिलाे गाेल गरेकी सावित्राले ६३ औँ र ७३ औँ मिनेटमा थप गाेल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया