शान्तिका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ : पहाडी

‘प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का उत्पन्न गर्‍याे’

 माघ ८, २०७७ बिहिबार १५:४८:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । 

समाज कैलालीको बिहीवारको कार्यक्रममा मानव अधिकारवादी पहाडीले प्रतिनिधि सभा विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राख्नुभयो । ‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनर्स्थापनाको पक्षमा लाग्न जरुरी छ’, उहाँले भन्नुभयो ।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का उत्पन्न गरेको विचार व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया