सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित
चैत ६, २०८० मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ७४ रनल पराजित भएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पुलिसले दिएकाे तीन सय ११ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३६ रनमात्र बनाउन सक्याे ।लुम्बिनीका साैरभ खनालले सर्वाधिक ७४ रन बनाउँदा देव खनालले ४९ र सन्दीप रजालीले ४० रनकाे याेगदान गरे । त्यस्तै कृष्ण कार्कीले अविजित ४० रन बनाए । पुलिसका राशिद खान र पवन शर्राफले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे पुलिसले निर्धारित ओभरमा चार विकेट गुमाउँदै तीन सय १० रन बनायाे । पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले सात चौका र एक छक्काको मद्दतमा १०४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी र पवन शरार्फले अर्धशतक बनाए । दिपेन्द्र सिंहले ८५ तथा पवन शरार्फले ५० रन जोडे । यस्तै आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए ।
लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट लिए ।