दाेस्राे मिनेटमै लिएकाे अग्रता जाेगाउन नसक्दा वालिङले विराटनगरसँग बराबरी खेल्याे

 माघ ८, २०७७ बिहिबार १८:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सातदोबाटोमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा बिहीवार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले एक–एक गोलको बराबरी खेलेका छन् । 

प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुवाती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अङ्क बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो । विराटनगरकी आशा कुमारीले ६३ औँ मिनेटमा फ्री–किकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन सङ्घर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन ।

विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अङ्क बाँडेको वालिङले दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया