प्रधानमन्त्री कपमा आज कर्णाली प्रदेश र प्रदेश-१ खेल्दै

 माघ ९, २०७७ शुक्रबार ८:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज कर्णाली प्रदेश र प्रदेश १ खेल्दै छन् ।

खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । कर्णाली आज दोस्रो जितको खोजीमा हुने छ भने प्रदेश १ पहिलो जित निकाल्ने दाउमा छ । 

अहिलेसम्म खेलेका दुई खेलमा कर्णाली एकमा जित र एक हार व्यहोर्दै दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा तीनै खेल हारेको प्रदेश १ पुछारमा छ । यस्तै बिहान ९ बजे नै हुने अर्को खेलमा वाग्मती प्रदेश र प्रदेश २ खेल्ने छन् । 

दुईमा दुई खेल नै जितेको वाग्मती तालिकाको पहिलो स्थानमा छ भने प्रदेश २ पुछारबाट दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया