प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग हारेपछि सुदूरपश्चिम बाहिरियो

 माघ १०, २०७७ शनिबार १३:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ ।

मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा ६२ रन बनाएर आउट भयो ।

उसका नारायण जोशीले १७ र सन्तोष भट्टले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका कृष्ण कार्कीले ४ तथा अनिल खरेल र विक्रम भुसालले २/२ विकेट लिए । आजको हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

लुम्बिनीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया