विमलाकाे ह्याट्रिकमा आर्मीले वालिङलाई ७–० ले हरायो

 माघ ११, २०७७ आइतबार १५:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – महिला राष्ट्रिय लिगमा त्रिभुवन आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई सात–शून्यले हराएको छ ।

ललितपुरकाे सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । खेलकाे १४ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलाएकी विमलाले ६६ औँ र ७५ औँ मिनेटमा थप गाेल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।  

त्यस्तै दीपा राईले २८ औँ मिनेटमा, शर्मिला थापाले ४४ औँ मिनेटमा, हेमा चौधरीले ८८ औँ मिनेटमा र भुजुङ्गा राईले इन्जुरी समयकाे दाेस्राे मिनेटमा एक/एक गोल गरे ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया