सावित्राकाे ४ गाेलमा एपीएफकाे सहज जित

 माघ ११, २०७७ आइतबार २०:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल लिगमा एपीएफले विराटनगर महानगरपालिकालाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफकी सावित्रा भण्डारीले चार गाेल गोल गरिन् । सावित्राले खेलको २५, ४२, ७४ र ८९ औँ मिनेटमा गोल गरिन् । प्रतियाेगितामा सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो ।

यस्तै एपीएफका लागि अनिता केसीले दुई तथा सरु लिम्बुले एक गोल गरिन् । जितसँगै एपीएफले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो ।

विराटनगरको दुई खेलमा १ अङ्क छ । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया