प्रधानमन्त्री कप : आर्मी र एपीएफ तथा पुलिस र प्रदेश-२ खेल्दै

 माघ १२, २०७७ सोमबार ६:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुर मैदानमा समूह चरणकाे अन्तिम खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।  

समूह ‘ए’ मा रहेका आर्मी र एपीएफले अहिलेसम्म तीन खेल खेलेकामा जित निकालेर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आज हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बिहान ९ बजे मुलपानी मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र प्रदेश-२ खेल्दैछन् । समूहमा ‘बी’ मा रहेको पुलिसले तीन खेल खेलेकामा दुई खेल जितेको छ भने एकमा हार व्यहोरेको छ ।

तीन खेल खेलेको प्रदेश-२ ले एउटा पनि खेल जितेको छैन । प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा बराबरी खेल्दै वाग्मती र लुम्बिनीले अंक बाँडेका छन् । वाग्मतीले चार खेलमा सात अंक जोडेको छ ।

पाँच अंक जोडेको लुम्बिनीले भने अन्तिम चारमा स्थान बनाउन पुलिस र प्रदेश-२ बीच हुने खेलको नतिजा कुर्नुपर्ने भएको छ । पुलिसले प्रदेश-२ लाई हराएमा लुम्बिनीलाई उछिनेर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया