महिला लिग : चौदण्डीगढी र चन्द्रपुर खेल्दै

 माघ १२, २०७७ सोमबार ९:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुने भएको छ । 

चौदण्डी र चन्द्रपुरबीचको खेल अपराह्न २ बजेबाट एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

आजकाे खेलमा दुवै टिम पहिलाे जितकाे खाेजीमा रहने छन् । 

पहिलाे खेलमा चाैदण्डी नगरपालिका विभागीय टिम नेपाल पुलिस क्लबसँग र चन्द्रपुर नगरपालिका एपीएफ क्लबसँग पराजित भएका थिए ।  

चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-०  गाेल अन्तरले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर एपीएफ क्लबसँग ६-० गाेल अन्तरले पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया