महिला लिग : एपीएफले आर्मीलाई २–० ले हरायो

 माघ १३, २०७७ मंगलबार १७:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – राष्ट्रिय महिला लिगमा एपीएफले लगातार तेस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएर एपीएफले तेस्रो जित निकालेको हो ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफकी अन्जलीकुमारी योञ्जन र सरु लिम्बुले एक/एक गोल गरिन् । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

जितसँगै एपीएफ तीन खेलमा नाै अङ्क जोड्दै शीर्ष स्थानमा छ । आर्मी तीन खेलमा चार अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै मङ्गलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगपालिकाले बराबरी खेलेका छन् ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया