नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने बाइल्याट्रल टी–२० सिरिज खेल्ने

 माघ १४, २०७७ बुधबार ५:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुन लागेको बाइल्याट्रल टी २० सिरिज खेल्ने भएको छ ।

कतार क्रिकेट संघको प्रस्तावलाई स्विकार्दै नेपाल क्रिकेट संघ क्यानले बैठक बसेर नेपाली क्रिकेट टिमलाई कतार पठाउने निर्णय गरेको हो । फेब्रुअरी ९ देखि १२ तारिख अर्थात फागुन २५ देखि २८ गतेसम्म हुने प्रतियोगिता अगाडि नेपाली टिमको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुनेछ ।

प्रतियोगिताका लागि नेपाली टिम ७ या ८ तारिखमा कतार जाने क्यानले जनाएको छ । प्रतियोगितामा नेपालले ३ खेल खेल्नेछ । यस्तै पूर्व कप्तान पारस खड्कासहित करण केसी, सोमपाल कामी, र कुशल मल्ल टी १० लिगका लागि आबुधावीमा रहेका कारण उनीहरु यो खेलमा सहभागी हुन नपाउने भएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया