नेपालकै पहिलो अण्डरपास कलंकीमा ३० सेकेण्ड मात्रै जाम (भिडियोसहित)

 भदौ १, २०७५ शुक्रबार १६:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालकै पहिलो अण्डरपास(भूमिगत मार्ग) शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।

 

काठमाडौंको कलंकीमा रहेको अण्डरपास शुक्रबार दिउँसो २ बजेबाट सञ्चालनमा आएको चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।

 

आजबाट सञ्चालनमा आए पनि कालोपत्रे तथा अन्य केही काम बाँकी भएकाले मध्य सेप्टेम्बरमा भने केही दिन अण्डरपास बन्द गरिने आयोजना प्रमुख भण्डारीले बताउनुभयो । 

६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा काम सम्पन्न भएको हो ।

असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा पहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दावी गरेको छ ।

अण्डरपास सञ्चालनमा आएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । आयोजना प्रमुख भण्डारीका अनुसार अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बाँयातिर जाने गाडीले सिधै मोडिन पाउनेछन् ।

दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खर्नुपर्नेछ । त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने प्रमुख भण्डारीले बताउनुभयो ।

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया