आईसीसीले अबदेखि हरेक महिना उत्कृष्ट खेलाडीको अवार्ड दिने : स्वतन्त्र भोटिङका आधारमा खेलाडी छनाैट हुने

 माघ १४, २०७७ बुधबार १३:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अबदेखि हरेक महिना उत्कृष्ट खेलाडीको अवार्ड दिने भएको छ  ।

हरेक महिना अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्ने एक पुरुष र एक महिला खेलाडीलाई आइसीसीले 'प्लेयर अफ दी मन्थ'को अवार्ड दिने भएको छ ।

आइसीसीले स्वतन्त्र भोटिङका आधारमा हरेक महिनाको उत्कृष्ट खेलाडीको घोषणा गर्ने भएको छ । जसमा पूर्व खेलाडी, ब्रोडकास्टर्स, पत्रकारको भोट रहनेछ ।

महिला र पुरुषमा शीर्ष तीन-तीन खेलाडीलाई मनोनयनमा राखिनेछ । उनीहरुको मैदानमा गरिएको प्रदर्शनका आधारमा मनोनयनमा राखिनेछ ।

सर्टलिष्टमा रहेका खेलाडीलाई भोटिङका आधारमा विजेता घोषणा गरिनेछ । भोटिङ एकेडेमीले सबै भोटलाई इमेलबाट पठाउनेछ । यो अवार्ड हरेक महिनाको पहिलो तारिखमा दिइने आइसीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया