प्रधानमन्त्री कप क्रिकेटकाे उपाधिमा दुवै टाेलीकाे दाबेदारी

 माघ १६, २०७७ शुक्रबार १६:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् ।

कीर्तिपुरमा रहेकाे त्रिभुवन विद्यालयको मैदानमा शुक्रबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन् । सेमिफाइलनमा साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुई प्रवेश गरेको एपीएफका कप्तान शरद भेषवाकरले आफ्नो टोली उपाधि उचाल्नका लागि भोको रहेको बताए । भेषवाकरले केही दिनको आरामपछि टोलीको फिटनेस भएको भन्दै उपाधि भिडन्तमा उत्कृष्ट ११ को टोली फाइनलमा प्रवेश गर्ने बताए । 

यसअघि सम्पन्न तीन संस्करणमध्ये पहिलो संस्करणमा संयुक्तरूपमा विजेता बनेको आर्मी त्यसपछिका दुई संस्करणमा उपविजेतामा खुम्चिएको थियो । दुवै पटक फाइलनमा पुगेकाे आर्मी पुलिससँग पराजित भएको थियो ।

त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विगतको नतिजालाई हेरर भन्दा पनि आउँदाे दिनका लागि खेल्नुपर्ने बताए । लिगका खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ शनिबार मैदान प्रवेश गर्ने उनले बताए । एउटै खेलाडीबाट मात्र टोलीले अन्तिम दुईमा स्थान बनाएको भन्दै फाइनलमा भने सन्तुलित खेल देखाएर उपाधि जित्ने लक्ष्य रहेको विनोदले बताए । 

अन्तिम दुईमा स्थान बनाउँदा एपीएफ समूह ‘ए’ बाट विजेताका रूपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी त्यही समूहबाट उपविजेताका रूपमा प्रवेश गरेको थियो । समूह चरणको भेटमा भने एपीएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो ।

यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपीएफ तीन पटक आमनेसामने भएका छन् । जसमा एपीएफ बलियो देखिएको छ ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया