प्रधानमन्त्री कप : उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

 माघ १७, २०७७ शनिबार ७:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए । 

आर्मीका कप्तान बिनोद भण्डारीले आवश्यक पर्दा संकट टार्ने क्षमताका खेलाडी रहेकाले आजको उपाधि जित्न प्रयत्नशील रहने बताएका छन् । 

एपीएफले पहिलो सेमिफाइनलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई हराएर फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया