ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’को सेमिफाइनलम...
माघ २६, २०८१ शनिबार
मनाङ - आगलागीका कारण मनाङको नासो गाउँपालिका तीन वडाका बस्ती जोखिममा परेका छन् । वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार गाउँको भन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर छ । आगो निभ्याउन नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले प्रयास गरिरहेका छन्।
स्याउला र धारोकाे पानी पाइपमा जोडेर आगो निभाउने प्रयास भइरहेको छ । तर, हावाहुरी चलिरहेकाले आगो झनझन् फैलिरहेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । गएको मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाका जङ्गलमा आगो लागेको हो ।
मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । 'जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन', नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भन्नुभयो । 'गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ', उहाँले भन्नुभयो । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । त्यहाँ ६३ घरधुरी छन् ।
ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गर्नुभयो ।
आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।