हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ । रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको महिना ठूलो सङ्ख्यामा उत्तर कोरियाली सेना मारिएपछि उनीहरू त्यहाँबाट फिर्ता भएका थिए । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सयौँ रुसी र उत्तर कोरियाली सैनिकहरू मारिएका दाबी गर्नुभएको छ । यस अघि पनि उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएका पश्चिमा देशले दाबी गरेका थिए । तर उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट र रुसी राष्ट्रपति भ्लालिमिर पुटिनसँग संवादको सम्भावना रहेको भन्दै चाँडै युद्ध अन्त्य हुन सक्ने बताउनुभएको छ । रुसीले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरु गरेको छ । लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्याएको छ ।
रुसी सेनाले लडाइँमा भएको सैन्य क्षतिको विवरण खुलाएको छैन । तर युक्रेनी राष्ट्रपतिले तीन लाख पचास हजारसम्म रुसी सैनिकहरू मारिएको दाबी गर्नुभएको छ । जेलेन्स्कीले युक्रेनतर्फको सैन्य क्षति ४५ हजार एक सय रहेको बताए पनि कैयौँ युक्रेनी र पश्चिमा सैन्य विज्ञहरू युक्रेनर्फको क्षतिसमेत निकै उच्च रहेको बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।