पाेखरामा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एककाे ज्यान गयाे

 माघ १७, २०७७ शनिबार १२:५९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कास्कीको पोखरा महानगरपालिका १० बुद्धचोकमा गुडिरहेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

गुडिरहेको ना ५ ख १६ ५० नम्बरको ट्रकमा तीव्र गतिमा रहेको ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परि पर्वतको पैयुँ गाउँपालिका ४ भोर्लेका मोटरसाइकल चालक अनिल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल पछाडि बस्ने पर्वतको महाशीला गाउँपालिका-३ का गौतम अधिकारीको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचाखर भइरहेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया