प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

 माघ १८, २०७७ आइतबार ८:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । 

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ ।

यस्तै, गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यस्तै, गएराति नै भएका खेलमा क्रिस्टल प्यालेसले वुल्भ्स्लाई र एस्टोन भिल्लाले साउथह्याम्टन समान १–० गोल अन्तरले  पराजित गरेका छन् । 

वेष्ट ब्रोम र फुलह्यामले भने दुई/दुई गोलको बराबरी गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया