चन्द्रपुरलाई ३–१ ले हराउँदै पुलिस दाेस्राे स्थानमा उक्लियाे

 माघ १८, २०७७ आइतबार १८:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिगमा विभागीय टाेली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई तीन–एक गाेल अन्तरले हराएको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसका लागि निर्मला विकले , निरु थापा र अनुष्का शेर्पाले गोल गरे । चन्द्रपुरका लागि सविता रानामगरले एक गोल गरिन् ।

जितपछि पुलिसले पाँच खेलमा आठ अङ्क बनाएर लिगको दोस्रो स्थानमा उक्लिएको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

प्रतियोगितामा साेमबार दुई खेल हुनेछन । पहिलो खेलमा आर्मी र विराटनगर तथा दोस्रो खेलमा शीर्ष स्थानको एपीएफ र चौदण्डीगढीबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया