प्रिमियर लिग : लिभरपुलसँग वेष्ट ह्याम युनाइटेड पराजित

 माघ १९, २०७७ सोमबार ७:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । 

गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३-१ गाेल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि मोहम्मद सालेहले खेलको ५७ औँ र ६८ औँ मिनेटमा एक/एक गोल गरे भने जर्जेजियो वाइनाल्डमले ८४ औँ मिनेटमा गोल गरे । 

योसँगै लिभरपुलले वेष्टह्यामसँगको खेलमा ३–१ गोल अन्तरले जित निकाल्यो । जितपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४० अंक भएको छ । वेष्टह्याम भने २१ खेलमा ३५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Ashok Katwal

    March 6, 2022, 2:18 p.m.

    १ वर्ष सम्म याे पाेष्ट हटेकाे छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया