प्रिमियर लिग अन्तर्गत बर्नलीसँगकाे खेलमा चेल्सी विजयी

 माघ १९, २०७७ सोमबार ७:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ४० औँ मिनेटमा सिजर अपिलिकुटा र ८४ औँ मिनेटमा मार्कोस अलोन्सोले एक गोल गरे । २१ खेल खेलेको चेल्सी अंक तालिकामा ३३ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।​

बर्नली भने १६ औँ स्थानमा छ । यस्तै, गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेडले लेस्टर  सिटीलाई ३–१ गोल अन्तरले हराएको छ । यस्तै, ब्राइटनले टोटनह्यामलाई र एस्टोन भिल्लाले साउथह्याम्टनलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया