ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’को सेमिफाइनलम...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - पश्चिम तराईका केही ठाउँमा शीतलहर चलेको छ ।
बाँके, बर्दिया आसपासका क्षेत्रमा शीतलहर चलेको मौसमविद्ले बताएका छन् । तर मौसमविद्ले शीतलहरको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।
४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् । केही ठाउँमा मात्रै शीतलहर देखिएको र यसबारे अध्ययन भइरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
तराईका सबैजसो जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । धेरै ठाउँका हुस्सु कुहिरो दिउँसो २/३ बजेपछि हट्ने मौसमविद् बासीले जानकारी दिनुभयो । बाक्लो हुस्सु र चिसो हावाका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदै गएको छ ।
मौसमविद् बासीकाअनुसार आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।
काठमाण्डौमा बिहान कुहिरो लागे पनि बिस्तारै हट्न थालेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।