धादिङ : रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

 माघ १९, २०७७ सोमबार ९:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

‍काठमाण्डाै - धादिङकाे थाक्रे गाउँपालिका-२ कोइरालेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

गएराति साढे ३ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय  खुलेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अर्का ट्रक चालक भने सामान्य घाइते  भएका छन् । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया