'म्यानमारमा प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुनेमा नेपाल विश्वस्त छ'

 माघ १९, २०७७ सोमबार २१:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म्यानमारमा भएको सैन्य 'कू' लाई लिएर नेपालले ध्यानाकर्षण भएको जनाएको छ । सोमवार बेलुकी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै म्यानमारका नागरिकको इच्छाको सम्मान गर्दै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुनेमा नेपालले विश्वास लिएको जनाएको हो ।

साथै मन्त्रालयले सैन्य 'कू' का क्रममा पक्राउ गरिएका नेताहरूको रिहाइको माग पनि गरेको छ ।

विज्ञप्तिमा भनिएको छु राष्ट्रपति यु विन मिन्ट र राज्य सल्लाहकार डाव, आङ साङ सू चीलगायत नागरिक नेताहरूको सुरक्षा र भलाइको बारेमा हामी चिन्तित छौँ र उनीहरूको रिहाइको लागि आह्वान गर्दछौँ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया