काेराेना कहर : अस्ट्रेलियाको क्रिकेट टोली दक्षिण अफ्रिका नजाने

 माघ २०, २०७७ मंगलबार १८:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अस्ट्रेलियाको क्रिकेट टोलीले कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै फेब्रुअरी र मार्च महिनामा हुने दक्षिण अफ्रिका भ्रमण स्थगित गरेको छ । 

यी दुवै टोली बायो 'बबल' वातावरणमा तीन खेलको टेस्ट शृङ्खला खेल्नका लागि सहमत भएका थिए तर अब क्रिकेट अस्ट्रेलियाले यस भ्रमण स्थगित गरेको छ । 

क्रिकेट अस्ट्रेलियाले यसको जानकारी दिँदै भनेको छ, ‘यो शृङ्खला स्थगित गर्नुको अरू कुनै विकल्प छैन किनकि दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ स्वरूपको सङ्क्रमणको प्रकोप देखिएको छ ।’ 

यस भ्रमणका लागि अस्ट्रेलियाले १९ सदस्यीय टोलीको घोषणा गरेको थियो तर भ्रमणको कार्यक्रम तय भएको थिएन ।

क्रिकेट अस्ट्रेलियाका अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) निकी होकले भनेका छन्, ‘वर्तमान समय अस्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमण गर्नु भनेको हाम्रा खेलाडीले सहयोगी स्टाफको स्वास्थ्य खतरामा पार्नु जस्तै हो । यो निर्णय सहजै लिइएको होइन । अन्तर्राष्ट्रिय क्रिकेटको महत्त्व, दक्षिण अफ्रिका बोर्डसँगको सम्बन्ध र विश्व टेस्ट च्याम्पियनशिपलाई लिएर हामी निकै निराश छौँ ।’

इङ्ग्लयाण्ड टोलीले पनि डिसेम्बर महिनामा दक्षिण अफ्रिकामा सीमित ओभरको शृङ्खला बीचमै छोडेको थियो । 

अफ्रिका महादेशमा दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमणको असर सबैभन्दा धेरै देखिएको छ । यहाँ अहिलेसम्म १४ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ४४ हजारभन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया