ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’को सेमिफाइनलम...
माघ २६, २०८१ शनिबार
रसुवा - राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी-मैलुङ सडकखण्ड अन्तर्गत गल्छी-त्रिशूली खण्डको काम आउँदो असार मसान्तभित्र सकिने भएको छ । अहिलेको गतिमा काम हुन सके र अदालतको स्टे अर्डर हटेको खण्डमा काम सकिने छ ।
गल्छी-त्रिशूली खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यो खण्डमा कालोपत्र गर्ने र कटिङ गर्ने कार्य चलिरहेको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाकाअनुसार यसखण्डको सबैभन्दा धेरै र अप्ठ्यारो क्षेत्रको कल्चौडे भीर कटिङको काम सकिएको छ । अहिले बुधसिंहघाटको भीर कटिङ सुरु गरिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
‘अहिले गतिमा काम भए चालु आर्थिक वर्ष २०७७/७८ भित्र यसखण्डको काम सकिने छ’, उहाँले भन्नुभयो, ‘यसका लागि पिपलटारदेखि ढुंगे सडकखण्डको अदालतको स्टे अडर हट्न पर्छ ।’ काम रोक्नका लागि स्टे अर्डर भएको क्षेत्रमध्ये ३ किलोमिटर क्षेत्रमा पहिलो लेयरको कालोपत्र सकिएको छ । योजनाले दिएको जानकारीअनुसार अहिलेसम्म २३ किलोमिटर कालोपत्रे भएको छ । रसुवागढी नाका जोड्ने छोटो दूरीको रूपमा रहेको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिने छ ।
चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्र गरिने योजनाले जनाएको छ । बाँकी ५ किलोमिटर सडकको आउँदो आर्थिक वर्षभित्र कालोपत्रको काम गरिने छ । रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको लागि तीन खण्डमा विभाजन गरेर काम गरिने छ । जसअन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम अहिलेसम्म करिब ६७ प्रतिशत भएको छ ।
२०७५ जेठ ६ गते मैलुङ-स्याफ्रुबेँसी सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो । अहिले यस क्षेत्रमा सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम सकाइने उहाँले जानकारी दिनुभयो ।
यो सडक बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ-स्याफ्रुबेँसीको दूरी २९ किलोमिटर मात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।