रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा ...
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिका १० किसनडोलमा कपास उद्योगमा आगो लाग्दा १ करोड रुपैयाँभन्दा धेरैको नोक्सान भएको छ ।
मेसिन तातेर आगो निस्किएको र त्यसैबाट आगोलागी भएको चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरीभक्त महर्जनले जानकारी दिनुभयो । आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा गएराति नै आगोलाई नियन्त्रणमा लिइएको छ ।
सतुंगलबाट बोसिगाउँ जाने बाटोमा पर्ने खुसीखुसी बस्तीको नजिकै नविन श्रेष्ठले संचालन गरेको कपास उद्योगमा लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकलको प्रयोग गरिएको नगरपालिकाका प्रवक्ता महर्जनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।