थप १७१ जनामा काेराेना सङ्क्रमण, २२७ जना डिस्चार्ज

 माघ २२, २०७७ बिहीबार १६:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो २४ घन्टामा देशभर एक सय ७१ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ ।

यस्तै थप दुई सय २७ जना निको भएसँगैै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले दुई हजार दुई सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया