नारायणहिटी अघिल्तिर हुने नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु

 माघ २३, २०७७ शुक्रबार १२:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी दरबार अघिल्तिर सडकमा केहीबेरपछि जनसभा गर्दैछ ।

अहिले काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निस्कन थालेको छ । र्‍यालीका कारण रत्नपार्क, दरबारमार्ग आसपासका क्षेत्रमा गाडी कम चलेका छन् । त्यस क्षेत्रमा चल्ने गाडीलाई अन्यत्र डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेकपा ओली समूहको वाग्मती प्रदेशले आयोजना गरेको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया