आईपीएल अक्शनका लागि नेपालबाट ८ खेलाडीकाे नाम पठाइयाे

 माघ २३, २०७७ शुक्रबार २०:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आठ जना खेलाडीले नाम पठाएको छ । 

क्यानले शुक्रवार एक विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो । क्यानका अनुसार सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरिको नाम आईपीएल अक्शनका लागि पठाइएको छ । 

सन्दीपबाहेक अन्य सात खेलाडी पहिलाे पटक अक्शसनमा परेका हुन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट दुई सिजन खेलिसकेका छन् । गएकाे संस्करणमा भने सन्दीपले एक खेलमा पनि माैका पाएका थिएनन् । यसपालि दिल्लीले सन्दीपलाई नखेलाउने निर्णय गरिसकेकाे छ । 

विश्व क्रिकेटमा आईपीएललाई सबैभन्दा महँगाे र चर्चित लिग मानिन्छ, जहाँ विश्वभरका चर्चित खेलाडीहरू खेल्छन् ।  

नेपालबाट आईपीएल अक्शनका लागि पहिलाे पटक यति धेरै खेलाडीकाे नाम पठाइएकाे हाे । 

यसपालि आठ सय १४ भारतीय र दुई सय ८३ विदेशी गरि जम्मा एक हजार ९७ खेलाडी अक्शनमा सहभागी भएका छन् । एसाेसिएट देशका २७ मध्ये नेपालबाट मात्रै आठ खेलाडी परेका हुन् । 

अक्शन आउँदाे फेब्रुअरी महिनाकाे १८ तारिखमा चेन्नईमा हुने बताइएकाे छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया