आजदेखि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल सुरु हुँदै

 माघ २४, २०७७ शनिबार ६:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु हुँदै छ ।

आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार व्यहाेरेकाे छ । आर्मीको १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

एन्फाले महिला लिगमा विदेशी खेलाडी राख्न पाउने नियमअनुसार चौदण्डीगढीले चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । आजदेखि सुरु हुने दोस्रो चरणका बाँकी खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेसको मैदानमै हुने एन्फाले जनाएको छ ।

यसैबीच लिगको अन्तिम दिन आउँदो फागुन ७ गते एपीएफ र आर्मीबीचको खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया