बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा

 माघ २४, २०७७ शनिबार ९:२९:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

बैतडी - भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रवार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो।

नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनुभयो । सरकारले यसअघि गएकाे शुक्रवारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो ।

नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । उहाँले भन्नुभयो, 'अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ ।'

भारतीय पक्षले सहमति जनाएपछि शुक्रवार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गएकाे चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

यस्तै लामो समयदेखि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुशी भएका छन्  ।

हेर्नुहाेस् भिडियाे :

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया