भारतसँगको पहिलो टेस्टमा इंग्ल्याण्डका कप्तान जोय रुटको दोहोरो शतक

 माघ २४, २०७७ शनिबार १५:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्याण्डका कप्तान जोय रुटले दोहोरो शतक बनाएका छन् ।

चेन्नईमा पहिलो दिनको खेल सकिदा १ सय २८ रनमा अविजित रहेका रुटले दोस्रो दिनको खेलमा दोहोरो शतक पूरा गरेका हुन् । उनले ३ सय ४१ बलमा दोहोरो शतक बनाएका हुन् । उनी २ सय १८ रन बनाएर आउट भएका छन् ।

रुट एक सय औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् । उनी व्यक्तिगत ९८, ९९ र सय औं टेस्टमा लगातार शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया