खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । पर्थ स्कोचर्सलाई २७ रनले हराएर सिड्नीले उपाधि जितेको हो ।
सिड्नीको यो लगातार दोस्रो उपाधि हो । मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले ६ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका जेम्स भिन्सले ९५ रन बनाए । त्यस्तै ड्यानिएल क्रिष्टियनले २० तथा कप्तान मोसेस हेनरिक्सले १८ रन जोडे ।
पर्थका जेय रिचर्डसन र एड्र्यू तेइले २/२ विकेट लिए । जितका लागि १ सय ८९ रनको लक्ष्य पाएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रनमात्र बनाउन सक्यो । उसका लागि क्यामरुन बेनक्रफ्टले ३० तथा लाइम लिभिङस्टोनले ४५ रन बनाए । सिड्नीका बेन दर्सिसले ३ विकेट लिए । यसअघि सिड्नीले पहिलो संस्करण पनि जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।