इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन छैठौं र एस्टोन भिल्ला आठौँ स्थानमा प्रवेश

 माघ २५, २०७७ आइतबार ६:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको हो । गएराति भएकाे अर्काे खेलमा बर्नली र ब्राइजटोनले १–१ गोलको बराबरी खेलेका छन् भने फुलह्याम र वेष्ट ह्यामबीचको खेलमा दुवै समूहले गोल गर्न सकेनन् ।

अतिरिक्त समयमा पनि यी दुई समूहबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यस्तै न्युक्यासल युनाइटेडले साउथ ह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जारी लिगमा म्यानचेस्टर सिटी ४७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया