चन्द्रपुरसँग १–० ले हार्‍याे विराटनगर

 माघ २५, २०७७ आइतबार १४:३७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई एक–शून्यले हराएको हो । चन्द्रपुरकी रजनी थोकरले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

चन्द्रपुरले सात खेलमा ६ अङ्क जोडेको छ । विराटनगरको सात खेलमा दश अङ्क छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया