महिला लिग : एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

 माघ २६, २०७७ सोमबार १०:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो ।

जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहाेर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया