भारतसँगकाे पहिलाे टेस्ट इङ्ग्ल्याण्डले २२७ रनले जित्याे

 माघ २७, २०७७ मंगलबार १४:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ईसीबीकाे ट्विटरबाट

काठमाण्डाै – भारतसँगको पहिलो टेस्ट इङ्ग्ल्याण्डले दुई सय २७ रनले जितेको छ । चेन्नईमा चार सय २० रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिन एक सय ९२ रन बनाउँदा अलआउट भएपछि इङ्ग्ल्याण्ड दुई सय २७ रनले विजयी भएको हो ।

भारतका लागि कप्तान विराट कोहलीले सबैभन्दा धेरै ७२ रन बनाए । रोहित शर्मा १२, शुभमन गिल ५०, चेतेश्वर पुजारा १५, ऋषभ पन्त ११, रविचन्द्रन अश्विन नौ, जसप्रीत बुमराह चार र इशान्त शर्मा पाँच रनमा आउट भए । अजिन्क्या रहाणे, वाशिङट्न सुन्दर र शवाज नदीमले खाता खोल्न सकेनन् ।

इङ्ग्ल्याण्डका ज्याक लिचले चार, जेम्स एण्डरसनले तीन तथा जोफ्रा आर्चर, डोम बेस र बेन स्टोक्सले एक/एक विकेट लिए ।

पहिलो पारीमा इङ्ग्ल्याण्डले पाँच सय ७८ रन बनाएको थियो भने भारत तीन सय ३७ रनमा अलआउट हुँदै दुई सय ४१ रनले पछि परेको थियो । दोस्रो पारीमा इङ्ग्ल्याण्ड एक सय ७८ रनमा अलआउट भएपछि भारतले चार सय २० रनको लक्ष्य पाएको थियो ।

याे जितसँगै चार खेलको टेस्ट शृङ्खलामा इङ्ग्ल्याण्डले एक–शून्यको अग्रता बनाएको छ ।   

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया