नेपाल, ओमान र अमेरिकाबीचकाे एकदिवसीय शृङ्खला स्थगित

 माघ ३०, २०७७ शुक्रबार १४:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आउँदाे मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनशिप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खला स्थगित भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार सूचना निकालेर ओमानमा हुने शृङ्खला स्थगित भएको जनाएको हो । ओमानमा हुने शृङ्खला मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।

यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्डको शृङ्खला पनि स्थगित गरिएकाे जनाएकाे छ । 

मे महिनामा हुने भनिएको पपुवा न्यु गिनी, अमेरिका र नामिबियायाको शृङ्खला पनि स्थगित गरिएकाे आईसीसीले जनाएकाे छ । कोरोना सङ्क्रमण जोखिम र क्वरेण्टीनको प्रावधानका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अर्को सूचना नआएसम्मका लागि शृङ्खला स्थगित भएको क्यानले जनाएको छ ।

शृङ्खलाका लागि नेपालले कीर्तिपुर मैदानमा प्रशिक्षणसमेत सुरु गरिसकेको थियाे । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया